पोखरा । नेपाली राष्ट्रिय महिला फुटवल टोलीले आज बंङ्लादेश सँग दोस्रो मैत्रीपुर्ण खेल खेल्दै छ ।
एएफसी महिला एसियन कप २०२२ छनोट खेलको तयारी गरिरहेका नेपालले बंङ्लादेश सँग दोस्रो मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।
य्स अघि बिहिबार भएको पहिलो खेलमा नेपालले बंङ्लादेशलाई २-१को अन्तरले पराजित गरेको थियो ।
नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।
महिला एसियन कप २०२२ छनोट उज्वेकिस्तानमा हुदै छ ।
छनोटमा नेपाल ग्रुप एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।