Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा,यस्ता छन् चश्माका विशेषता

फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा,यस्ता छन् चश्माका विशेषता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७८ आइतवार • १६:४२:१७ बजे
  • 1.1K
    SHARES
  • फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा,यस्ता छन् चश्माका विशेषता

     सोसल मिडिया कम्पनी फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ । लक्जरी चश्मा ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो ।

    images

    फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ । बिहीबार सार्वजनिक गरिएको स्मार्ट चश्माको मूल्य ३ सय अमेरिकी डलर तोकिएको छ ।

    फेसबुकको स्मार्ट चश्मा प्रविधिगत रुपले मोबाइल क्यामरा र ब्लुटुथ एयरफोनको समिश्रणको रुपमा रहेको छ । यो चश्मामा दुईवटा क्यामरा छन् । यस चश्माबाट प्रयोगकर्ताले फोटोहरु खिच्न सक्नेछन् भने ३० सेकेण्डसम्मको भिडियो पनि खिच्न सक्नेछन् ।

    साथै यसमा म्युजिक, पडकास्ट सुन्न, अडियो नोटिफिकेसनका साथै फोन कल प्राप्त गर्न पनि सकिन्छ । स्मार्ट चश्माको क्यामरा चालु गर्नका लागि प्रयोगकर्ताले चश्माको दायाँ खुट्टामा रहेको बटन थिच्नुपर्नेछ वा फेसबुक एसिस्टेन्टलाई फोटो खिच्न वा भिडियो रेकर्ड गर्नका लागि आदेश दिए पुग्नेछ ।

    फोटो वा भिडियो खिच्ने बेलामा माथिल्लो भागको दायाँ छेउँमा दुईवटा एलइडी लाइट बल्नेछन्, त्यसमध्ये एउटा प्रयोगकर्तातर्फ फर्किएको छ भने अर्को फोटो खिचिने वस्तुतर्फ फर्किएको हुन्छ । फेसबुकको यो चश्माले प्रयोगकर्ताले देखका कुराहरु चाहे अनुसार सिधै फेसबुक वा इन्स्टाग्राममा पोष्ट गर्छ कि भन्ने लाग्न सक्दछ । तर यसले त्यसो गर्न सक्दैन ।

    यसले फोटो तथा भिडियो खिच्ने काम गर्न सक्दछ र त्यसरी खिचिएका फोटो तथा भिडियोलाई एक विशेष एपको माध्यमबाट फोनमा पठाउन सकिन्छ । ब्लुटुथबाट स्मार्टफोनलाई चश्मासँग आबद्ध गराउने उक्त एपको नाम क्यू हो ।

    उक्त एपलाई लगइन गर्नका लागि फेसबुक अकाउन्ट आवश्यक पर्दछ तर चश्माले रेकर्ड गर्ने फोटो तथा भिडियोहरु यो एपले फेसबुकमा सिधै पोष्ट गर्न भने सक्दैन । फोटो तथा भिडियोहरु एपमार्फत् फोनमा आएर भण्डारण हुन्छन्, फेसबुकको सर्भर वा क्लाउडमा आउँदैनन् ।

    लामो समयदेखि चर्चामा रहेको फेसबुकको स्मार्ट चश्मा सार्वजनिक भएसँगै यसको गोपनीयताको बारेमा प्रश्नहरु उठ्ने गरेका छन् । यो चश्मालाई मानिसहरुले जासूसी चश्माको रुपमा लगाएर हिंड्न सक्ने, अनधिकृत रुपमा फोटो तथा भिडियो खिच्नसक्ने र यसले मानिसहरुको गोपनीयतामा असर पार्नसक्ने आवाज उठिरहेका छन् ।

    "फेसबुकको चश्माका विशेषता यस्ता छन्"

    चश्माका दुबै डण्डीमा माथि क्यामरा राखिएको हुन्छ, जुन ५ मेगापिक्सेलका हुन्छन् ।

    त्यसैले यसबाट लिइने फोटो तथा भिडियोको गुणस्तर उत्कृष्ट नै हुन्छ ।

    चश्मामा रहेको क्यामराले कम प्रकाशमा पनि राम्रो तस्वीर तथा भिडियो खिच्दछ र भिडियो खिच्ने बेलामा कम मात्र हल्लिन्छ ।

    चश्माको डण्डीमा स्पीकर हुन्छ जुन शरीरको स्पर्शबाट सक्रिय हुन्छ र प्रयोग गर्न सजिलो हुन्छ ।

    यो चश्मा सामान्य चश्माभन्दा केही गह्रौँ छ र पूर्ण चार्ज हुनका लागि ६ घण्टा लाग्दछ ।

  • सम्बन्धित विषय:

  • # स्मार्ट चश्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology