श्याम गहतराज
नेपाली समाज, सत्ता र सस्कृती लाई सहि ढंगले नबुझ्ने हो भने यहाँको न्याय शिक्षा सामाजिक आन्दोलन राजनीतिक साहित्य आन्दोलन धर्म लगाएत मानव जिबन सङ प्रत्यक्ष जोडिएको पक्ष को बुझाइ र भोगाइ अपुरो हुन जान्छ। त्यसैले नेपाली समाज सत्ता र सस्कृती कसरी निर्माण हुन पुग्यो भनेर वैज्ञानिक खोज र यथार्थ जानकारी पाउनु जरुरी छ।
किन बारम्बार को आन्दोलन बलिदान बाट उपलब्ध भएको राजनीतिक ब्यबस्था र सामाजिक अबस्थामा सिद्धान्त र कार्यानिती फरकफरक भयो । प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र का ब्यबस्था के हुन, किन पटकपटक नेपाली क्रान्तिमा यस्ता प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जस्ता नामहरु फेरि रहन्छन ।
नेपाल मा सामन्तवाद को विरुद्धमा १९९० बाट सुरु भएको लोकतान्त्रिक आन्दोलन र २००६ बाट सुरु भएको कम्युनिस्ट आन्दोलन २००४६/५२/ ६२/६३ को आन्दोलन र घटना क्रम ले ल्याएको राजनीतिक व्यवस्था लाई लोकतन्त्र भनियो नेपालको सामन्तवाद विरुद्धको आन्दोलन र क्रान्ति ले ७० दशक पार गरिसक्दा पनि नेपाल कस्तो किसिमको सामन्तवादी अर्थ वयवस्था राजनीतिक र सामाजिक वयवस्था हो भनेर किन खुट्याउन सकेन ।
आर्थिक राजनीतिक सास्कृतिक अतिवाद र सामन्तवाद को विरुद्धमा २०५२ सालमा गरिएको जनयुद्ध र करिब २२ हजार भन्दा बढीको बलिदान हुदा पनि नेपाल गणतन्त्र त भनियो तर जातीय र वर्गीय विभेद किन जहाकोतही कायमै रह्यो ।
लोकतन्त्र मा दलित भन्ने हुदैन गणतन्त्र मा गरिब र धनी भन्ने हुदैन तर लोकतन्त्र र गणतन्त्र को एक दशक जन्मोत्सव मनाउदा सम्म पनि नेपाली समाजमा धनी र गरिव को दुरि झन बढ्नु र जातीय छुवाछूतको घटना झन घट्नु र जात धर्म नै नहुने कम्युनिस्ट बाटै जातीय छुवाछूतको कारण हत्या हुनु यो कस्तो लोकतान्त्रिक गणतन्त्र हो ।
त्यसैले नेपाली समाज को समाज ब्यबस्था को जञ्जीर कस्तो हो भनेर जान्नु बुझ्नु पहिलो काम हो। धेरै पढेलेखेका बुद्धिजिवि राजनीतिज्ञ शिक्षक विद्यार्थी ब्यापारी पत्रकार पण्डित धर्म गुरु हुनुहुन्छ। उहाँ हरु सबैलाई यस बिसयमा आफ्नो धारणा राख्नु हुन म अनुरोध गर्दछु ।