Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रंगशाला : हरायो ३६ लाखको बर्मुडा दुबो

रंगशाला : हरायो ३६ लाखको बर्मुडा दुबो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७८ मंगलवार • ०९:४६:२७ बजे
  • 1.3K
    SHARES
  • रंगशाला : हरायो ३६ लाखको बर्मुडा दुबो

    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा ५० करोडको संरचना बन्यो ।

    images

    पौडी पोखरी, भारोत्तोलन हल, सुटिङ हल, कभर्ड हल मर्मत, प्याराफिटसहितको आधुनिक रंगशाला बनेर तयार भयो । रंगशालाको फुटबल मैदानमा बर्मुडा दुबो रोपियो ।

    आठौं राष्ट्रिय खेलकुद सकियो, त्यसपछि रंगशालाको करोडौको संरचनाको रेखदेख र व्यवस्थापन कसले गर्ने भन्ने बहस शुरू भयो । यो बहस अझै निरुपण भइसकेको छैन ।

    अहिलेलाई संघ मातहत रंगशालालाई राखिएको छ । पछिल्लो दुई वर्ष कोरोनाकाल रह्यो । यो बीचमा रंगशाला बन्द नै रह्यो । कोरोनाको कहर कम हुँदै जाँदा फेरि रंगशालामा खेलाडीको उपस्थिति गराउने चर्चा चलेको छ ।

    खेलाडीको उपस्थिति गराउने अर्थात् प्रतियोगिताहरू गराउन दिने तयारी गरिरहँदा रंगशालाको हालत भने दयनीय भएको छ । फुटबल मैदान र ट्र्याकमा घुँडाघुँडा घाँस थियो । प्याराफिट धुलैधुलो ।

    घाँस काट्न र सरसफाइ गर्न कम्तीमा ५० हजार लाग्ने अवस्था छ । केन्द्रबाट दुई वर्षदेखि एक रुपियाँ पनि पठाइएको छैन । घाँस काट्ने एउटा मेसिन पनि बिग्रिएर थन्किएको छ ।

    न त आवश्यक जनशक्ति नै छ ।आइतबार भैरवप्रसाद गण र जिल्ला प्रशासन कार्यालयबाट घाँस कटर मेसिन ल्याइयो । भैरवप्रसाद गणबाट नेपाली सेनाको टोली नै आयो ।

    उनीहरूले मैदान, ट्र्याकको घाँस काट्न शुरू गरे । प्याराफिटमा झाडु लगाए । फुटबल मैदानमा ३६ लाखको बर्मुडा घाँस नामोनिसान देखिएको छैन । स्थानीय जातको घाँसले रंगशाला ढाकिएको छ । "याे समाचार नेपाल समाचारपत्र दैनिकमा छ" ।

  • सम्बन्धित विषय:

  • # रंगशाला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology