Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बार्सिलोनामाथि बायर्नको जित

बार्सिलोनामाथि बायर्नको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १०:१३:४३ बजे
  • 1.2K
    SHARES
  • बार्सिलोनामाथि बायर्नको जित

    युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ ।

    images

    मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

    स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेन्ट जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेको थियो ।

    बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे । खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो । पहिलो गोल थोमस मुलरले गरे । मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए ।

    खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३–० को अग्रता बनाए । समूह ‘इ’ अन्तर्गतको अर्को खेलमा बेन्फिका र ड्यनामो केयीभले बराबरी खेल्दै १–१ अंक बाँडे ।

    जितसँगै समूह ‘इ’ बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ । बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ ।

  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology