Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल–भारत चोर बाटोबाट ओहोरदोहोरो बढ्यो

नेपाल–भारत चोर बाटोबाट ओहोरदोहोरो बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ०८:३२:५२ बजे
  • 1.6K
    SHARES
  • नेपाल–भारत चोर बाटोबाट ओहोरदोहोरो बढ्यो

    लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

    images
     

    साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताए ।

    अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् । सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।

    त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology