Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश

सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १९:३३:२४ बजे
  • 1.3K
    SHARES
  • सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश

    नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् ।

    images

    आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।

    सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए । त्यसयता उनले नेपालले खेलेको सबै १४ खेल खेलेका छन् । सन्दीपले नेपालबाट ओडीआईमा सर्वाधिक ३५ विकेट लिएका छन् ।

    क्रिकेट विश्वकप लिग २ खेल्न ओमानमा रहेका सन्दीपले पेटको समस्याका कारण ओमानविरुद्ध मंगलबार भएको खेलमा बलिङ गरेनन् ।

    सन्दीपले विश्वकप लिग २ अघि ओमानमा खेलेको पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएका थिए ।

    यस्तै विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेलमा उनले २ विकेट लिएका थिए । सन्दीप टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बलिङतर्फ भने ८१औं स्थानमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology