Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सार्क मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै

सार्क मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ०८:३४:१७ बजे
  • 3.9K
    SHARES
  • सार्क मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै
    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणबाट विश्वव्यापी मृत्युदर ३.८ प्रतिशत छ ।
     
    सार्क मुलुकमा मात्र दुई प्रतिशत पुगेको छ । नेपालमा पनि कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ । यतिबेला नेपालमा कोरोना सङ्क्रमणको मृत्युदर ०.३ प्रतिशत रहेको छ । करिब एक महिना अघि नेपालमा ०.१ प्रतिशत मृत्युदर रहेको थियो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सार्क क्षेत्रका आठ मुलुकमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३५ प्रतिशत मृत्युदर छ । त्यसपछि भारत र पाकिस्तानमा २.१ प्रतिशत, बङ्गलादेशमा १.३ प्रतिशत, श्रीलङ्कामा ०.४ प्रतिशत मृत्युदर पुगेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु नहुने एउटै मात्र सार्क मुलुक भुटान रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर एक करोड ८७ लाख २८ हजार ५४७ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये सात लाख चार हजार बढीको ज्यान गएको छ ।
    तीमध्ये ६३ प्रतिशत निको भएका छन् । अझै ३३.९ प्रतिशत सक्रिय कोरोना सङ्क्रमित छन् । सार्क मुलुकतर्फ नेपालमा २७.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । निको भएर घर फर्कनेमा नेपालका ७२.१ प्रतिशत छन् । भारतमा १९ लाख १० हजार ६८१ सङ्क्रमित छन् । ३९ हजार ८५६ को मृत्यु भएको छ ।
    निको हुने दर पनि नेपालको बढी रहेको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । भारतसरह नै मृत्युदर रहेको पाकिस्तानमा निको हुने अत्यधिक अर्थात् ८८.९ प्रतिशत छन् । त्यहाँ जम्मा सक्रिय सङ्क्रमित ८.९ प्रतिशत छन् । त्यहाँ दुई लाख ८१ हजार १३६ जना सङ्क्रमितमध्ये छ हजार १४ को मृत्यु भएको छ ।
    श्रीलङ्कामा ८९ प्रतिशत निको भएका र १०.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । भुटानमा ८७।४ प्रतिशत निको भएका र १२.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी मृत्युदर रहेको अफगानिस्तानमा ६९.५ प्रतिशत निको भएका र २७ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यहाँ ३६ हजार ८२९ सङ्क्रमितमध्ये एक हजार २९४ को मृत्यु भएको छ । (गोरखापत्र)

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology