एजेन्सी । युरोपा लिगको समूह चरणको खेलमा लेस्टर सिटी र नेपोली बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा लेस्टर सिटी र नेपोली २-२ को बराबरीमा रोकिएको हो । खेलमा २-० ले पछि परेको अवस्थामा भिक्टर ओसिमहेनले दुई गोल गर्दै नेपोलीलाई हारबाट जोगाए ।
नेपोलीका लागि पनि दुवै गोल भिक्टर ओसिमहेनले गरेका थिए । नवौं मिनेटमा एयोजी पेरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । उने हार्भे बार्नेसको पासमा गोल गरेका थिए ।
६४औं मिनेटमा इहानाचोको पासमा हार्भे बार्नेसले नै गोल गर्दै २-० को अग्रता दिलाए ।
६९औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै अग्रतालाई छोटाए । ८७औं मिनेटमा ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।उज्यालो बाट