Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनबाट आज ४४ लाख डोज भेरोसेल खोप काठमाडौं ल्याइँदै

चीनबाट आज ४४ लाख डोज भेरोसेल खोप काठमाडौं ल्याइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • ०९:१६:३८ बजे
  • 733
    SHARES
  • चीनबाट  आज ४४ लाख डोज भेरोसेल खोप काठमाडौं ल्याइँदै

    सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज "भेरोसेल खोप"आज काठमाडौं आइपुग्दै छ ।

    images

    खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको थियो। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए अनुसार खोप आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनसँग खरिद गरिएको उक्त खोप आज दिउँसो काठमाडौं आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिए ।

    सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ ।

    नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भेरोसेल खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology