Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्ट डाउन

काठमाडौं उपत्यका ‘सर्ट डाउन’को तयारी

काठमाडौं उपत्यका ‘सर्ट डाउन’को तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ११:४१:१३ बजे
  • 1.9K
    SHARES
  • काठमाडौं उपत्यका ‘सर्ट डाउन’को तयारी
    काठमाडौं उपत्यकालाई सर्ट डाउन गर्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न लागेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ ।

    संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेको छ । सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गर्न लागेको दाहालले बताए ।

    उपत्यकाभित्र रहेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसहितको बैंठक बसेर यो निर्णय गर्नको तयारी भएको प्रजिअ दाहालले बताए ।

    सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेक अरु सेवा तत्कालको लागि रोक्ने र आंशिक रुपमा कार्यालयहरु खोल्ने तयारी गरेको दाहालले जानकारी दिए । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका इञ्चार्जहरुको संयुक्त बैठक आज बिहान ११ बजे बस्दैछ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology