Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत:आज अमेरिका र नेपाल भिड्दै

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत:आज अमेरिका र नेपाल भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • १०:४६:२२ बजे
  • 1.4K
    SHARES
  • विश्वकप क्रिकेट लिग-२ अन्तर्गत:आज अमेरिका र नेपाल भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

    images

    शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४:१५ बजे सुरु हुने छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

    त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुने छ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुने छ ।

    यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो ।

    "लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ" । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology