Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किए

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • १५:१६:०४ बजे
  • 3.0K
    SHARES
  • अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किए

    अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री "पृथ्वी फर्किएका छन्" । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

    images

    उनीहरु पृथ्वीभन्दा ३८० किलोमिटरमाथि रहेको चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर फर्किएका हुन् ।

    चिनियाँ अन्तरिक्षथात्रीहरु न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हाङ्बो बिहीबार शञ्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका हुन् ।

    यी तीन चिनियाँ अन्तरिक्षयात्रीले आज स्थानीय समयअनुसार दिउँसो १ः३५ बजे भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेको थिए ।

    त्यही ठाउँबाट गएको जुन १७ मा उनीहरुको अन्तरिक्षयान उडेको थियो । यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखिने बीबीसीमा उल्लेख छ ।

    अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घन्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।

    उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरु बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ । सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो ।

    पृथ्वीबाट नदेखिने त्यो भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलोपटक थियो । केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठुलो फड्को मारेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology