Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना पुष्टि, १० को मृ-त्यु

पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना पुष्टि, १० को मृ-त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • १७:५७:१३ बजे
  • 952
    SHARES
  • पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना पुष्टि, १० को मृ-त्यु

     पछिल्लो २४ घण्टामा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ८ हजार ६६५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८६ जना र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना सं'क्र'म'ण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७१ हजार ७३४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३५१ जना कोरोनामुक्त भए, १० को मृ-त्यु २४ घण्टामा देशभर १ हजार ३५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३८५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ०९ हजार ४३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृ-त्यु भएको छ । हालसम्म नेपालमा कोरोना सं'क्र'म'ण'बाट मृ-त्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology