Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीलंकाका दिलशानले ईपीएल खेल्ने

श्रीलंकाका दिलशानले ईपीएल खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • १२:२७:५४ बजे
  • 880
    SHARES
  • श्रीलंकाका दिलशानले ईपीएल खेल्ने

     एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट टिम विराटनगर वारियर्सले श्रीलंकाका दिलशान मुनावीरालाई अनुबन्ध गरेको छ ।

    images

    चौथो संस्करणको प्रतियोगिताका लागि विराटनगरले ब्याट्सम्यान दिलशानलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ । विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको बताएको छ ।

    दिलशानले श्रीलंकाका लागि १३ "टी–ट्वान्टी "अन्तराष्ट्रिय" र २ एकदिवसीय 'अन्तर्राष्ट्रिय" खेलेका छन् ।

    ईपीएलको उपाधि जित्ने योजना बनाएको विराटनगरले दिलशानलगायत अन्य उत्कृष्ट तीन खेलाडी अनुबन्ध गरेको छ ।

    विराटनगरमा वेस्ट इन्डिजका हेमराज चन्द्रल, जिम्बावेका अलराउन्डर सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरेको थियो ।  विराटनगरले सबै विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # ईपीएल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology