Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लिभरपुलले उपाधि जित्न अझै कुर्नुपर्ने

लिभरपुलले उपाधि जित्न अझै कुर्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७७ सोमवार • ११:१३:०१ बजे
  • 1.4K
    SHARES
  • लिभरपुलले उपाधि जित्न अझै कुर्नुपर्ने

    लिभरपुल — लिभरपुलले आफ्नो पहिलो इंग्लिस लिग उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । आइतबारको दर्शकविहीन मर्सिसाइड डर्बीमा एभरटनले उसलाई गोलरहित बराबरीमा रोक्यो ।

    images

    निश्चित लिग उपाधितर्फ अग्रसर लिभरपुलको प्रदर्शन कमजोर रहेको थियो । योर्गन क्लोपको लिभरपुलले १ सय ३ दिनको अन्तरपछि पहिलो आधिकारिक खेल खेलिरहेको थियो ।

    यो खेल जितेको भए लिभरपुलले बुधबार क्रिस्टल प्यालेसविरुद्धको खेल जितेर लिग उपाधि कब्जा गर्न सक्थ्यो । लिगमा आठ चरणको खेल बाँकी रहेकोमा लिभरपुललाई लिग जित्न पाँच अंकको आवश्यकता छ ।

    लिभरपुलको ८३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६० अंक छ । आइतबारकै अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले हरायो । न्युकासल युनाइटेड सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्न सफल रह्यो ।

    साभार - कान्तिपुर

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology