Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने तयारी

कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • ०९:२४:०२ बजे
  • 1.4K
    SHARES
  • कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने  तयारी

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।

    images

    कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।

    कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

    ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको समाचार आजको कारोबार दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # कोरिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology