आइसिसी विश्वकप लिग—२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
नेपालले ओमानविरुद्धको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन् ।
शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन् । ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ।
पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो । तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पियो ।
लिग-२ मा नेपालले ओमानसँग खेलेका पछिल्ला तीन खेलमा पराजय भागेको छ । पछिल्ला खेलमा ब्याटिङमा समस्या देखिएको नेपालले त्यसलाई सुधार गर्ने लक्ष्य लिएको छ ।
लिग—२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ ।
"यस्तो छ खेल तालिका"
नेपाल भर्सेस अमेरिका – भदौ २८ – नेपाल ५ विकेटले विजयी
ओमान भर्सेस नेपाल – भदौ २९ – ओमान ५ विकेटले विजयी
ओमान भर्सेस अमेरिका – भदौ ३१ – ओमान ४ विकेटले विजयी
नेपाल भर्सेस अमेरिका – असोज १ – अमेरिका ६ विकेटले विजयी
ओमान भर्सेस नेपाल – असोज ३ ओमान भर्सेस अमेरिका
असोज ४ सबै खेल सुरू हुने समय – दिउँसो ४स्१५ बजे
"स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान"