Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा २६ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइने

पोखरामा २६ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २३, २०७७ शुक्रवार • १६:२५:१५ बजे
  • 1.3K
    SHARES
  • पोखरामा २६ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइने
    पोखरा- पोखरामा २६ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइने भएको छ ।

     बिहीबार आयोजित पत्रकार सम्मेलनमा  नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष खेम पुनले आदिवासीले विगतमा आफ्नो अधिकारका लागि गरेको आन्दोलन र आउँदो कार्यदिशाबारे छलफल गरि मनाउने तयारीमा जुटेको बताए ।

    नेपालको संविधानमा आदिवासी जनजातिको स्थान, विगतमा भएका आन्दोलन, आगामी कार्यदिशाबारे प्राडा दिलबहादुर क्षेत्री, राजनीतिक विशलेषक युग पाठक र अधिवक्ता सुरेन्द्र थापा मगर वक्ता रहने छन् ।

    सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिने आयोजकले जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद् र जिल्ला समन्वय परिषद्, कास्कीको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology