Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ओमानलाई ७ विकेटले हरायाे

आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ओमानलाई ७ विकेटले हरायाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७८ आइतवार • २१:२८:२८ बजे
  • 2.6K
    SHARES
  • आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ओमानलाई  ७ विकेटले हरायाे

     आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई "सात विकेट"ले हराएकाे छ । अल अमिरात मैदानमा ओमानले दिएकाे एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायाे ।

    images

    नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समात ६–६ रन बनाएर आउट भए ।  

    अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे थियाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।  

    बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् । 

    जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चाैथाे स्थानमा उक्लिएकाे छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ । 

    "सात टोली रहेको लिग–२ मा एक टोली"ले "नाै शृङ्खला"सहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने "विश्व कप छनोट"मा स्थान बनाउने छन् ।  

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology