Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमण भएका थप पाँच जनाको निधन ,मृत्यु हुनेको संख्या ७० पुग्यो

कोरोना संक्रमण भएका थप पाँच जनाको निधन ,मृत्यु हुनेको संख्या ७० पुग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २३, २०७७ शुक्रवार • १७:०९:३१ बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमण भएका थप पाँच जनाको निधन ,मृत्यु हुनेको संख्या ७० पुग्यो
    नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ७० पुगेको छ । शुक्रवार कोरोना संक्रमण भएका थप पाँच जनाको निधन भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्लाका तीन, सर्लाहीका एक र सिरहाका एक जना छन् ।

    पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको बिहीबार पाटन अस्पतालमा निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनी मधुमेह र उच्च रक्तचापका विरामी थिए । 
    त्यसैगरी पर्साकै वीरगन्ज महनगरपालिका ११ का ७९ वर्षीय पुरुषको २० साउनमा घरमै निधन भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    वीरगन्ज महानगरपालिका ११ कै अर्का ५७ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको गौतमले जानकारी दिए । उनी मधुमेह, उच्च रक्तचाप र मुटुको बिरामी रहेको मन्त्रालयले जनाएको छ । 

    त्यसैगरी सिरहा जिल्लाको गोलबजार नपा १२ बस्ने २५ वर्षीय पुरुषको पनि बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निध भएको छ । मिर्गौलाका विरामी भइ नियमित डायलासिस गराउने उनको उपचारकै क्रममा मृत्यु भएको हो । 

    त्यसैगरी सर्लाही जिल्लाको बसन्तपुर घर भएका ४५ वर्षीय पुरुषको शुक्रबार पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको गौतमले बताए । गौतमले कोरोना संक्रमण भएर हालसम्म निधन हुनेको संख्या ७० पुगेको जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology