Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घन्टाको अवधिमा १ हजार ९५ जना कोरोना भाइरस संक्रमित थपिए

२४ घन्टाको अवधिमा १ हजार ९५ जना कोरोना भाइरस संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • १६:५१:४० बजे
  • 799
    SHARES
  • २४ घन्टाको अवधिमा १ हजार ९५ जना कोरोना भाइरस संक्रमित थपिए

    नेपालमा २४ घन्टाको अवधिमा १ हजार ९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृ'त्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर १० हजार ७८६ आरटी पिसिआर र ३ हजार ३१ एन्टिजेन गरी कुल १३ हजार ८१७ जनामा परीक्षण गरिएकोमा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर २२ हजार ३२३ जना संक्रिय सं'क्र'मि'त छन् । संक्रमितहरूमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा, १ हजार ४३२ संस्थागत आइसोलेसनमा र २६४ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३७१ जना र भेन्टिलेटरमा १०८ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार साेमबार देशभरबाट २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

     "कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ" । निको हुने दर ९५.८ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृ'त्यु भएको भएको छ ।  हालसम्म मृ'त्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology