Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो, नेपालले १० लाख खोप छिट्टै पाउने

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो, नेपालले १० लाख खोप छिट्टै पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १०:२५:३२ बजे
  • 1.1K
    SHARES
  • भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो, नेपालले १० लाख खोप छिट्टै पाउने

    भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतले अबको दश दिनपछि अर्थात् अक्टोबरदेखि कोरोनाविरुद्धको खोप निर्यात गर्न लागेको हो ।

    images

    भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले सोमबार नयाँदिल्लीमा यसबारे जानकारी दिएका हुन् । भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ ।

    भारतमा रहेको सेरम इन्स्टिच्युट (अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादक कम्पनी) सँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ ।

    भारत सरकारले कोरोना महामारीको दोस्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएको थियो । प्रतिपक्षी दलहरूको विरोध र अदालतको आदेशअनुसार खोप निर्यातमा रोक लागेको थियो ।

    खोप मानवीय प्रश्न पनि भएको र पहिले नै खरिद सम्झौता भइसकेका कारण उपलब्ध गराइदिन नेपाल सरकारले भारत सरकार र सेरम इन्स्टिच्युटसँग बारम्बार ताकेता गरेको थियो ।

    सेरमका अधिकारीहरूले खोप निर्यात खुला भएपछि पहिलो प्राथमिकता नेपाललाई दिने वचनबद्धता जनाइसकेका छन् । दक्षिण एसियाका दुई मुुलुक श्रीलंका र बंगलादेशले पनि नेपालले जस्तै पहिले नै भुक्तानी गरेअनुसार खोप पाएका छैनन् ।

    श्रीलंकाले १५ लाख डोज कोभिसिल्ड अर्डर गरेकोमा पाँच लाख डोज मात्रै पाएको छ । उसले बाँकी १० लाख डोजका लागि ताकेता गर्दै आएको थियो । बंगलादेशले सेरमसँग तीन करोड डोज खोप खरिद सम्झौता गरेको थियो ।

    बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार उसले ७२ लाख डोज मात्रै प्राप्त गरेको छ । अब बाँकी खोप नेपालसहित अन्य मुलुकले पनि पाउने बाटो खुलेको छ ।

    भारतीय स्वास्थ्यमन्त्री माण्डव्यले सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले अक्टोबरमा ३० करोड डोज कोभिसिल्ड खोप प्राप्त गर्ने र नोभेम्बरमा एक अर्ब डोज खोप प्राप्त गर्ने बताए ।

    भारतले कोभ्याक्सअन्तर्गत पनि पूर्वप्रतिबद्धताअनुसार योगदान दिने उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

    भारतीय स्वास्थ्यमन्त्री माण्डव्यले भ्याक्सिनमैत्री कार्यक्रमअन्तर्गत अक्टोबरदेखि डिसेम्बरसम्म खोप निर्यात गर्ने जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology