Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली राष्ट्रिय क्रिकेट टिम काठमाडौं पुग्यो

नेपाली राष्ट्रिय क्रिकेट टिम काठमाडौं पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • ११:१०:४१ बजे
  • 1.0K
    SHARES
  • नेपाली राष्ट्रिय क्रिकेट टिम काठमाडौं पुग्यो

    नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ खेल्न ओमान गएको टोली आज फर्किएको हो ।

    images

    ७ खेलाडीसहित २० जनाको टोली आज बिहान करिब साढे ७ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । खेलाडीहरु स्वदेश फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमानबाटै भारत गएका छन् । ‌

    ओमानमा रहँदा नेपाली टोलीले अमेरिका र आयोजक ओमानसँग दुई÷दुई खेल खेलेको थियो । नेपालले दुवै टोलीसँग एक÷एक खेल जितेको थियो भने एक÷एक खेल हारेको थियो।

    लिग–२ मा नेपाल ८ अंक जोड्दै अंकतालिकाको लचौथो स्थानमा छ। ८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ ।

    ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।

    लिग–२ मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग–२ मा ७ सिरिज खेल्न बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology