Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा महानगरका १० जनामा कोरोना पुष्टि ,

पोखरा महानगरका १० जनामा कोरोना पुष्टि ,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २३, २०७७ शुक्रवार • १७:४९:४५ बजे
  • 5.5K
    SHARES
  • पोखरा महानगरका १० जनामा कोरोना पुष्टि  ,
    शुक्रबार पोखरा महानगरका १० सहित गण्डकीमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पोखरा महानगर वडा नम्बर २, ८ ,११ ,१५ र ३२ का ४ महिला र ६ पुरुषसहित गण्डकी प्रदेशका ३ जिल्लामा थप १४ कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो ।
    निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर ११ का ३ पुरुष र ३ महिला, वडा नम्बर १५ की एक महिला तथा वडा नम्बर ३२ का १ पुरुष , वडा नम्बर २ र ८  का २ पुरुष ,नवलपुर र स्याङ्जाका १-१ पुरुष सहित गरी १४ जनामा कोरोना देखिएको हो ।
    संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology