Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इन्टर मिलान शीर्षस्थानमा उक्लियो

इन्टर मिलान शीर्षस्थानमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १०:५४:१७ बजे
  • 1.4K
    SHARES
  • इन्टर मिलान शीर्षस्थानमा उक्लियो

    एजेन्सी । साविकको विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलान शीर्षस्थानमा उक्लिएको हो ।

    images

    इन्टर मिलानलाई जित दिलाउनको लागि माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले समान एक-एक गोल गरे । रिक्कार्डो सोट्टिलको गोल सान्त्वना बन्यो ।

    खेलको २३औं मिनेटमा रिक्कार्डो गोल गर्दै घरेलु टोली फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा माटियो डर्मिएनले निकोलो बरेल्लाको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

    त्यसको तीन मिनेटपछि इडेन जेकोले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए । ८७ औँ मिनेटमा इभान पेरिसिसले गोल गर्दै टोलीको जित पक्का गरे ।

    यो जितसँगै अपराजित रहेको इन्टर ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

    इन्टरले एक खेल कम खेलेको नेपोलीलाई १ अंकले तथा एसी मिलानलाई ३ अंकले पछि पारेको छ । पराजित फियोरेन्टिना ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology