Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

रुसमा आउँदो हप्ता रजिष्ट्रार हुन्छ संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन

रुसमा आउँदो हप्ता रजिष्ट्रार हुन्छ संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • ०८:४३:५८ बजे
  • 1.9K
    SHARES
  • रुसमा आउँदो हप्ता रजिष्ट्रार हुन्छ संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन
    एजेन्सी । कोरोना भाइरसविरुद्ध लडिरहेका संसारका धेरै देशलाई पछिपार्दै रुसले आफूलाई सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने देशको सूचीमा सबैभन्दा अगाडि राख्ने भएको छ ।

    कोरोनाविरुद्धको भ्याक्सिनको लामो समयको प्रतिक्षा अब समाप्त भएको छ । रुसले आउँदो हप्ता संसारकै पहिलो एन्टि कोभिड भ्याक्सिनको रजिष्ट्रर गर्ने योजना सार्वजनिक गरेको छ । रुसका उप-स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले रुसले १२ अगष्टमा कोरोना भाइरसविरुद्धको आफ्नो पहिलो भ्याक्सिन रजिष्ट्रर गर्ने जानकारी दिए ।

    उन्फा सहरमा एक क्यान्सर केन्द्रको भवन उद्घाटन गर्न पुगेका ओलेगले अहिले कोरोनाविरुद्धको भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षणमा रहेको जानकारी दिए । अहिलेसम्मको नतिजाले आउँदो हप्ता नै यो भ्याक्सिन चिकित्सक, स्वास्थ्यकर्मी र जेष्ठ नागरिकलाई प्रयोग गर्नेगरी काम भइरहेको उनले दावी गरेका छन् ।

    उपस्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार गामालेया रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले संयुक्तरुपमा यो भ्याक्सिन तयार गरेका हुन् । १८ जुनदेखि यो भ्याक्सिनको मानव प्रयोग सुरु भएको थियो । तर, विश्व स्वास्थ्य संगठनले भने यो विषयमा कुनै पनि आधिकारीक जानकारी प्राप्त नभएको जनाएको छ । यसअघि रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासले रुसले छिट्टै कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने बताएका थिए । उनले त्यसको सुरुवात अक्टुबरदेखि नै हुने जनाएका थिए । सबै खर्च राज्यकोतर्फबाट गरिएको यो भ्याक्सिन अर्को हप्ता नै रजिष्ट्रर गर्ने उप-स्वास्थ्यमन्त्रीले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology