Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • ०८:३०:४४ बजे
  • 976
    SHARES
  • एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

    एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ ।

    images

    आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

    अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।

    उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ ।

    फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।

    नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology