Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतबाट छिट्टै १० लाख खोप आउने

भारतबाट छिट्टै १० लाख खोप आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • ०८:३५:१३ बजे
  • 796
    SHARES
  • भारतबाट छिट्टै  १० लाख खोप आउने

    नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ ।

    images

    भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो ।

    भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिसिल्ड खोप आउने मिति नतोकिए पनि खोप आउने पक्का भएको जानकारी दिँदै भन्नुभयो, “अब छिट्टै खोप आउने जानकारी प्राप्त भएको छ । 

    विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्येको भारतले कोभिडविरुद्धको कोभिसिल्ड खोप अन्य देशमा लैजान रोक लगाएपछि नेपाललगायतका अन्य विकासोन्मुख देशलाई कोभिसिल्डको दोस्रो खोप लगाउन समस्या भएको थियो ।

    १० लाख खोप खरिदका लागि नेपालले पहिल्यै भुक्तानी दिए पनि भारतले खोप दिन सकेको थिएन । भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले भारतले विश्वलाई खोपमा मद्दत गर्ने र कोभ्याक्सअन्तर्गतको जिम्मेवारी बहन गर्ने बताउनुभएको थियो ।

    भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आगामी अक्टोबरभित्र खोप आउने सम्भावना रहेको बताउनुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology