Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको जोखिम कायमै छ, दशैंमा घर फर्किनेहरूले परीक्षण गर्नुस्:स्वस्थ्य मन्त्रालय

कोरोनाको जोखिम कायमै छ, दशैंमा घर फर्किनेहरूले परीक्षण गर्नुस्:स्वस्थ्य मन्त्रालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १०:१७:५४ बजे
  • 1.6K
    SHARES
  • कोरोनाको जोखिम कायमै छ, दशैंमा घर फर्किनेहरूले परीक्षण गर्नुस्:स्वस्थ्य मन्त्रालय

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ ।

    images

    सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालाई पत्र लेख्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न आग्रह गरेको छ ।

    कोरोनाभाइरस (कोभिड-१९) महामारीको वर्तमान सन्दर्भमा जोखिम अवस्था कायमै रहेको र निकट भविष्यमा आउँदै गरेका चाडवाडहरुलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै एन्टिजेन परीक्षण गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

    test_Notice_MOHP.png

    यस्तै मन्त्रालयले सीमा नाकाका हेल्थ डेस्कमा छुटेकाहरुको समुदायमा तथा देश भित्रकै उच्च जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पनि पत्रमा भनेको छ ।

    महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले पठाएको पत्रमा एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका केसहरुको उचित व्यवस्थापन गर्न पनि उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology