Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १०:२४:३० बजे
  • 931
    SHARES
  • बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

     आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ । खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    images

    जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

    लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए ।

    त्यसपछि ब्याटिङ गर्न आएका मोइन अलीले २३ तथा अम्बाती रायडूले ३२ रनको योगदान दिए । अन्त्यमा सुरेश रैना र कप्तान धोनीले १७ र ११ रन बनाउँदै टोलीलाई जीत दिलाए ।

    यूएईको मैदानमा बैंग्लुरुको यो लगातार सातौँ हार हो । आईपीएल १३ का दौरान विराट कोहलीको टोलीले सबै ५ खेल हारेको थियो । हाल टोलीले दुवै खेल हारिसकेको छ ।

    खेलमा बैंग्लुरुको सुरुवात पनि राम्रो रहेको थियो । पहिलो विकेटका लागि कप्तान कोहली र देवदत्त पडिक्कले १११ रनको साझेदारी गरेका थिए ।

    एक समय बैंग्लुरुले २ सय रनभन्दा बढी स्कोर खडा गर्छ भन्ने देखिएको थियो ।

    तर, ५३ रनमा विराट आउट भएपछि बैंग्लुरुको मध्यक्रम धर्मरायो । मात्र ४५ रनमा टोलीले ६ विकेट गुमायो । पडिक्कलले सर्वाधिक ७० रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology