Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमानसँगको खेलमा नेपाल ७-२ ले पराजित

ओमानसँगको खेलमा नेपाल ७-२ ले पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७८ सोमवार • १०:४३:२९ बजे
  • 1.1K
    SHARES
  • ओमानसँगको खेलमा नेपाल ७-२ ले पराजित

    पोखरा । साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली टोलीले अभ्यासका लागि भएको मैत्रीपूर्ण खेलमा गम्भीर हार बेहोरेको छ ।

    images

     

    कतारको दोहामा आइतबार राति भएको ओमानसँगको खेलमा नेपाल ७-२ ले पराजित भएको हो ।

    पहिलो हाफमा एक गोल गरेर दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो र मात्रै एक गोल फर्काउन सक्यो ।

    नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका हुन् ।

    नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागी हुन सोमबार दोहाबाट माल्दिभ्स तर्फ जाने छ ।

    प्रतियोगिता अक्टोबर १ देखि सुरु हुँदैछ । नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्ससँग खेल्दै यात्रा सुरु गर्दै छ।

    नेपालले अक्टोबर ४ तारिखमा श्रीलंका, अक्टोबर १० तारिखमा भारत र अक्टोबर १३ तारिखमा बंगलादेशसँग खेल्ने छ।

    लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि अक्टोबर १६ तारिखमा प्रतिस्पर्धा हुनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology