Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

त्रिशूली र कर्णाली नदी सफा गरिने

त्रिशूली र कर्णाली नदी सफा गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १६:२९:४२ बजे
  • 1.2K
    SHARES
  • त्रिशूली र कर्णाली नदी सफा गरिने

    जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ ।

    images

    कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।

    आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)का महासचिव शिशिर खनालले जानकारी दिए ।

    उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाईड एवं कर्मचारीले काम पाउनेछन् ।

    उनीहरुले काम गरेबापत परियोजनाले दैनिक एक हजार प्रदान गर्नेछ ।

    नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology