Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा तीनजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

२४ घन्टामा तीनजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७७ शनिवार • १७:५४:४० बजे
  • 1.9K
    SHARES
  • २४ घन्टामा तीनजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्साको वीरगञ्ज ३ का ७४ वर्षीय पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । त्यस्तै मोरङको विराटनगर ९ का ५८ वर्षीय पुरुषको कोशी अस्पतालमा ज्यान गएको छ ।

    त्यस्तै काठमाडौंको टोखाकी ४१ वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गौतमले बताए ।

    प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभैर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

    संक्रमितमध्ये १६ हजार ३ सय १३ निको भएर घर फर्किएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology