Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीपेच काण्डपछि नारायणयहिटी संग्रहालय थप सतर्कता

श्रीपेच काण्डपछि नारायणयहिटी संग्रहालय थप सतर्कता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • ०९:४५:२९ बजे
  • 1.1K
    SHARES
  • श्रीपेच काण्डपछि नारायणयहिटी संग्रहालय थप सतर्कता

    नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।

    images

    गत शुक्रबार मानसिक अवस्था ठीक नभएका २५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो ।

    नारायणहिटी संग्रहालय विकास समितिले संग्रहालयको विभिन्न कक्षमा प्रदर्शनीमा राखिएका अति संवेदनशील हातहतियार बन्दुकलगायत सामग्री अवलोकन गर्न आउनेले भेट्न नसक्ने गरी राख्ने र संग्रहालय प्रवेश गर्ने व्यक्तिको अवस्थाबारे समेत अध्ययन गर्ने तयारी गरेको छ ।

    संग्रहालय प्रमुख भेषनारायण दाहालले पूर्ण सुरक्षित कक्षको बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेच चोर्ने प्रयासलाई असामान्य रूपमा लिएको जानकारी गराउँदै आइन्दा यस्तो विषय दोहोरिन नदिन सुरक्षा सतर्कता अपनाइने बताउनुभयो ।

    एक युवकले श्रीपेचसँगै सोकेसमा राखिएको खुकुरी निकालेर बुलेटप्रुफ सिसामा हिर्काउन खोज्दा नेपाली सेनाको सुरक्षा टोलीले निजलाई पक्राउ गरेको जिकिर गर्दै उहाँले भन्नुभयो|

    ‘त्यसबाट के बुझ्न सकिन्छ भने संग्रहालयमा सुरक्षा चुनौती अहिले पनि कायम छ, अब संग्रहालय अवलोकन गर्नेमाथि निगरानी बढाउन नयाँ सुरक्षा रणनीति बनाउन लागेका हाै‍ ।

    यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीपेच काण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology