Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रियल म्याड्रिड आफ्नै मैदानमा पराजित

रियल म्याड्रिड आफ्नै मैदानमा पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १०:५६:२९ बजे
  • 763
    SHARES
  • रियल म्याड्रिड आफ्नै मैदानमा पराजित

    एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड आफ्नौ घरेलु मैदानमा पराजित भएको छ ।

    images

    गएराति भएको खेलमा पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग रियल म्याड्रिड २-१ गोल अन्तरले पराजित भएको हो ।

    सेरिफलाई जित दिलाउनको लागि डिजासुर याक्सिवाइभ र सेवास्टिन थिलले समान एक-एक गोल गरे । रियलको लागि कप्तान करिम बेन्जेमाले गरेको गोल सान्त्वान गोल बन्यो ।

    २५ औं मिनेटमा डिजासुर याक्सिवाइभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियानोको पासमा गोल गरेका थिए ।

    ६५औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । एड्डो र कोस्टान्जाले भिनिसियस जुनियरलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै रियललाई पेनाल्टी प्रदान गरेको थियो ।

    ८९औं मिनेटमा सेवास्टिन थिलले गोल गर्दै सेरिफलाई २-१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल सेरिफले जित्यो ।

    यो नजितासँगै सेरिफ दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । रियल ३ अंक जोडेर दोस्रो स्थानमा रहेका छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology