एजेन्सी, युएइ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले पञ्जावविरुद्ध सहज जीत निकालेको छ ।
पञ्जाव किङ्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
मुम्बइका लागि शौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए भने हार्दिक पाण्डेयले ४० रन जोडे । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा किरोन पोलार्ड १५ रनमा नटआउट रहे ।
पञ्जावका लागि आइडेन मार्करमले सर्वाधिक ४२ रन बनाउँदा कप्तान केएल राहुल २१ रनमा आउट भए भने क्रिश गेल १ रनमा एलविडब्ल्यु भए ।
जीतसँगै मुम्बई अंकतालिकाको ५ औं स्थानमा उक्लिएको छ भने पञ्जाव छैटौं स्थानमा पुगेको छ ।
मेस्सीको उत्कृष्ट गोलमा पीएसजीको जीत
युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो चरणको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।
घरेलु मैदान पार्क डे प्रिन्सेसमा बुधबार बिहान सम्पन्न खेलमा लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै २ ० गोलले नतिजा आफ्नो पक्षमा पारेको हो ।
खेलको आठौं मिनेटमा स्ट्राइकर इड्रिसा गाना गुआईले गोलको खाता खोल्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४औं मिनेटमा लियोनल मेस्सीले सानदार गोल गर्दै सिटीलाई पराजित गरेको हो ।
लियोनल मेस्सी पीएसजीमा आएपछिको यो पहिलो गोल हो । त्यसैगरी च्याम्पियन्स लिगमा गएराति सम्पन्न आठ खेलहरुमा लिभरपुलले एफसी पोर्टोमाथि ५–१ गोलको फराकिलो जीत निकालेको छ ।
त्यसैगरी एसी मिलान एट्लेटिको मेड्रिडसँग १ २ गोल अन्तरले स्तब्ध बन्न पुगेको छ भने च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिश क्लब रियल मेड्रिड आफ्नै घरेलु मैदानमा पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग १ २ गोलले पराजित भएको छ ।