नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।
गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षका पुरुषको ज्यान गए संगै नेपालमा ज्यान गुमाउनेको संख्या ७४ पुगेको हो ।
नेपालमा अहिलेसम्म ४ लाख ३५ हजारको पीसीआर परीक्षण गर्दा साढे २२ हजारमा कोरोना पुष्टि भएको छ ।
जसमध्ये १६ हजार ३ सय १३ जना निको भएका र ६ हजार २ सय ६ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।