Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज आयोजक माल्दिभ्ससँग साफ च्याम्पियनसीप खेल्दै नेपाल

आज आयोजक माल्दिभ्ससँग साफ च्याम्पियनसीप खेल्दै नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १०:१०:४२ बजे
  • 1.2K
    SHARES
  • आज आयोजक माल्दिभ्ससँग साफ च्याम्पियनसीप खेल्दै नेपाल

    आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसीपको सुरुवात गर्दै छ । मालेमा आजदेखि सुरु हुने १३औँ संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् ।

    images

    खेल नेपाली समय अनुसार साझको ९ः४५ बजे सुरु हुने छ । यसअघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् ।

    जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा आयोजना हुने छ । नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छ ।

    यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ ।

    नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले खेल अघि बोल्दै टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल राम्रो रहेको र घरेलु दर्शक माझ माल्दिभ्सलाई चुनौती दिन तयार रहेको बताएका छन् ।

    प्रतियोगिताको १३औँ संस्करण आइपुग्दा नेपालले हालसम्म उपाधि हात पार्न सकेको छैन ।

    यति मात्रै हैन नेपाली टोली हालसम्म फाइनल समेत पुगेको छैन ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology