Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लिभरपुल र म्यानचेस्टर बराबरी खेले

लिभरपुल र म्यानचेस्टर बराबरी खेले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • ०८:४९:४२ बजे
  • 706
    SHARES
  • लिभरपुल र म्यानचेस्टर बराबरी खेले

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

    images

    गएराति भएको खेलमा लिभरपुल र सिटी २-२ गोलको बराबरी खेलेका हुन् । लिरभपुलका साडियो माने र मोहम्मद सलाहले गोल गरे भने सिटीका फिल फोडेन र केभिन डि ब्रुयनले बराबरी गोल फर्काए ।

    चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले सलाहको पासमा गोल गरेका थिए ।

    ६९ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै १-१ को बराबरीमा ल्याए । उनले गाव्रियल जेससको पासमा गोल गरेका थिए ।

    ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई पुनः खेलमा २-१ को अग्रता दिलाए ।

    उनले कर्टिस जोन्सको पासमा गोल गरेका थिए । ८१औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै २-२ को बराबरीमा ल्याए ।

    यो बराबरीसँगै लिभरपुल ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटीले १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

  • सम्बन्धित विषय:

  • # लिभरपुल र म्यानचेस्टर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology