Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बायर्नको पहिलो हार

बायर्नको पहिलो हार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • ०८:५९:४६ बजे
  • 1.0K
    SHARES
  • बायर्नको पहिलो हार

    एजेन्सी । जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले फ्रान्कफुर्टसँग पराजित भएको छ ।

    images

    गएराति भएको खेलमा बायर्न फ्रान्कफुर्टसँग २-१ गोल अन्तरले पराजित गरेको हो ।

    फ्रान्कफुलाई जित दिलाउनको लागि मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले गोल गरे । बायर्नका लियोन गोरेट्जकाले गरेको गोल सान्त्वना बन्यो ।

    यस सिजनमा बार्यनको यो पहिलो हार हो । खेलको २९औं मिनेटमा लियोन गोरेट्जाको गोलबाट बायर्नले अग्रता लिएको थियो ।

    उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए । ३२औं मिनेटमा मार्टिन हिनटेरेगेरले गोल गर्दै खेललाई १-१ गोलका बराबरीमा ल्याए ।

    खेलको ८३ औँ मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै फ्रान्कफुर्टलाई जित दिलाए । हारपछि पनि बायर्न ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

    समान १६ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । फ्रान्कफुर्ट ८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology