Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १०:२०:३९ बजे
  • 1.0K
    SHARES
  • टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

    लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले प्रविधि उद्योगको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । चिनिया एप टिकटक १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको एप बन्न सफल भएको छ ।

    images

    एक ब्लग पोस्ट मार्फत् टिकटकले सोमबार यस्तो जानकारी गराएको हो । यो सँगै टिकटक गुगल तथा फेसबुकको स्वामित्वमा रहेका बाहेक १ अर्ब सक्रिय प्रयोगकर्ता हुने दुर्लभ सोसल मिडिया एप बन्न सफल भएको छ ।

    महामारीको समयमा मानिसहरुले आफ्नो फोनमा धेरै समय बिताउन बाध्य भैरहँदा टिकटकको लोकप्रियता पनि चुलिएको छ ।टिकटकले सिर्जना उद्योगको वृद्धिमा सहयोग गर्नुका साथै यो उद्योगबाट लाभ पनि प्राप्त गरिरहेको छ ।

    मूलधारमा मौका पर्खिरहेका तथा क्षमता तथा कला भएका मानिसहरुले आफुलाई प्रस्तुत गर्नका लागि निकै सजिलो तथा लोकप्रिय प्लाटफर्मको टिकटक रोज्ने गरेका छन् ।

    पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्ध लगाउने प्रयास तथा भारतमा प्रतिबन्ध नै खेप्नु परेको अवस्थामा पनि टिकटकको विश्वव्यापी लोकप्रियतामा कमी आएको छैन ।

    डाटा सुरक्षण तथा बालबालिकाको रक्षाको विषयमा युरोपेली युनियनले पनि टिकटकमाथि कडा नीति अख्तियार गर्दै आएको छ । विश्वका अन्य दिग्गज कम्पनीहरुले टिकटकको सिको गर्दै त्यस्तै खालका प्लाटफर्म सुरु गरेपनि टिकटकसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

    यसक्रममा इन्स्टाग्रामले रील्स, युट्युबले शर्टस् तथा स्नापच्याटले स्पटलाइट नामक प्लाटफर्म ल्याएका छन् । तर यी प्लाटफर्महरुका प्रयोगकर्ता टिकटकको तुलनामा नगन्य छन् ।

    बितेको अगष्ट महिनामा टिकटकका सक्रिय प्रयोगकर्ताको संख्या गत वर्षको अगष्ट महिनाको तुलनामा २५ प्रतिशतले वृद्धि भएको सेन्सर टावरको रिपोर्टमा उल्लेख छ ।

    महामारीको समयमा टिकटकले धेरै युवापुस्ता र हाइ प्रोफाइल सर्जकहरुलाई पनि इन्स्टाग्राम तथा अन्य साइटहरुबाट आफुतर्फ आकर्षित गर्न सफल भयो ।

    टिकटकमा सिर्जना पस्किनका लागि अभिप्रेरित गर्नका लागि टिकटकले गत वर्ष १ अर्ब डलरको सर्जक कोष नै खडा गरेको थियो । सिएनएनबाट

  • सम्बन्धित विषय:

  • # टिकटक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology