Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देश विकास गर्न, बिज्ञ नै आवश्यकता किन ?

देश विकास गर्न, बिज्ञ नै आवश्यकता किन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १३:२५:४५ बजे
  • 1.9K
    SHARES
  • देश विकास गर्न, बिज्ञ नै आवश्यकता किन ?

    कमल भण्डारी जिवनमा मानिस सफल र असफल हुनु धैरै कारणहरु जोडिएका हुन्छन । कसरी सफल व्यापारी भयो ! किन सफल नेतृत्व लिन सकेन ! भन्ने बिषयमा बृहत छलफल र बहस हुन अनिवार्य देखिन्छ ।

    images

    अहिलेको मुल राजनितिक नेतृत्वमा धैरै व्यवसायी घरानाका व्यक्तिहरूले उच्च तहमा जिम्मेवारी वहन गरेको देखिन्छ तर मुलत घरानाबाट शुरू भएको नेताले दल भित्र उत्कृष्ट कार्य गरेको नगण्य मात्रै देखिन्छ । सफल र सबल दुइ फरक दृस्टिकोण हुन भन्ने हेक्का हामी सबैले मनन गनुपर्ने हुन्छ ।

    एक जना व्यक्ति सफल व्यवसायी बिबिध तालमेल र फरक कारण हुन सक्छ तर राजनितिमा त्यस्तो व्यक्तिले बिजय प्राप्त गर्न धैरै हम्मे हम्मे परेको देखिन्छ । किन कि पूँजि जम्मा गर्ने असल अस्त्रको ज्ञान भएको हुन सक्छ तर समाज नेतृत्व गर्न पूर्ण रूपमा असफल भएको गत स्थानिय चुनाव पछिको कार्य प्रगति विवरण बाट घाम भन्दा चर्को हिउ भन्दा स्वच्छ तरीकाले प्रकट भएको हामी सामु ताजै स्थापित छ ।

    समाज रूपान्तरणको लागी अहिलेको आवश्यकता भनेको लक्षय र उदेश्य प्रति प्रतिबद्ध भएको नेपाली समाजमा तत्कालको लागी देखिएका अत्यन्तै कठीन र जटिल बिषयलाइ बिश्लेषण गरी देश जनताको अपेक्षा दिगो र दिर्घकालिन योजना सहित प्रस्तुत गर्न सक्षम र अब्बल युवा नेतृत्वको आवश्यकता हो ।

    त्यसकारण कुनैपनि राजनितिक दलले आसन्न स्थानिय चुनाव चैत्र वा बैशाखमा पक्कै गनुपर्ने हुन्छ, त्यसको लागी आजैबाट युवा र उर्जाले भरीपूर्ण भएको व्यक्तिलाई उम्मेदवारीको लागी चयन गरी अनुमोदन गर्दा राजनितिक दलले बिजया प्राप्त भन्दा पनि नेपाली समाजले जित हासिल गरेको महसुस गर्ने छ ।

    त्यसकारण आसन्न स्थानिय चुनावको छ महिना पछि प्रदेश र सघं चुनाव गर्नुपर्ने हुन्छ । उक्त संसदीय चुनावमा युवाको वर्चस्व कायम भयो भने देश रूपान्तरण गर्न हामी सबैले धैरै लामो अपेक्षाको ढोका बन्द हुने छ ।

    आसन्न चुनावमा युवाको वर्चस्व सहित स्थानिय प्रदेश र सघंमा सबैमा जोश जागर उर्जा भएका नेतृत्वको पकड भयो भने अवश्य पनि अहिले देखिएका असफल नेतृत्वलाइ विस्थापित गरी देश नयाँ लयमा अगाडी बढने आशा गर्न सकिन्छ ।

    शिक्षा स्वास्थ्य पूर्वाधार उर्जा जल विद्युत कृषि पशुपालन सबै क्षेत्रलाइ अगाडी बढाउने र लिड गर्न सक्ने नेता अहिलेको हाम्रो समाज र देशको आवश्यकता हो ।

    उल्लेखित बुँदाहरूलाइ समय अनुकुल परिर्माजन गरी अवधारण सहित बिज्ञ टोलिको सहयोग र कार्यन्वयनमा जाने हो । भने मात्रै आत्म निर्भर पनि हुने परनिर्भरको पनि अन्त्य हुने अहिले देखिएका समाजमा असमान बेरोजगारी समस्या र कृषि प्रधान मुलुक भएर आयतमा भरपर्नु पर्ने जस्ता जटिल बिषयको हल हुने थियो ।

    ठुलो जनसंख्या र प्रवल युवा शक्ति प्रदेशमा आफ्नो सयम व्यतित भएको हामी सबैलाइ सर्ववित्नै छ । प्रवासमा सिकेको ज्ञान र सिपलाई नेपाली माटोमा प्रयोग गरी देशमा भएको सबै परिनिर्भर हुने क्षेत्रलाइ बन्द गरी हाम्रो नेपाल राम्रो नेपाल भन्ने नारा सहित सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्ने प्रयास जारी राख्ने हो भने आशाका किरणहरू देखिने छन ।

    अहिले देखिएका सम्भावनाका क्षेत्र कृषि पशुपालन उर्जा र जडीबुटी प्रवल भएको देखिन्छ । त्यसकारण हरेक बिषयमा बिज्ञ टोलि गठन गरी तत्काल कार्यन्वयनमा पहलकदमी लिने प्रयाश गर्दै अहिलेको नेतृत्वले लिड गर्ने हो भने अव आउने भावि पुस्ता रोजगारीको लागी प्रवासमा आएर कफिनको बाकसमा फर्कने दिनको अवस्य अन्त्य हुने छ ।

    लिक्वानको, माओ, महाथिरको दर्शन प्रयोग गरी समाज र देश परिर्वतन गर्न खाशै धैरै समयको पर्खाइ गनुपर्ने देखिदैन किनभने हामी सग सिङगापुरको विकास  मोडल, चिन र मलेसियाको विकास मोडल हामीले प्रयोग गर्न सकिन्छ  । त्यसकारण उल्लेखित बिषयमा मनन र ग्रहण गरी अबधारण सहित अबको युवा नेतृत्वले  पहलकदमी चाल्ने हो ।

    भने हामी दुइ दशकमा विकसित मुलको दर्जामा स्थापित हुन सक्छौ । त्यसपछि मात्रै बल्ल नाना छाना अन्न शिक्षा स्वास्थ्य रोजागारी तमाम सबै बिषय हल हुने छ।  तब मात्रै समृद्र नेपाल सुखी नेपालीको आशा अपेक्षा भरोषा पूरा हुने दिनको आगमन हुने छ ।

  • सम्बन्धित विषय:

  • # बिज्ञ नै आवश्यकता किन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology