Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:१६:५२ बजे
  • 1.3K
    SHARES
  • श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा श्रीलंकालाई ३÷२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे ।

    images

    श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।

    खेलको ५१औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २ शुन्यको अग्रता दिलाए । ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २÷१ को स्थितिमा ल्याए । खेलको ८६औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३÷१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।

    त्यसपछि खेलको इन्जुरी समयमा श्रीलंकाका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३÷२ गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भयो । यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

    नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १ शुन्यले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो ।

    पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १ शुन्यले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ ।

    अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ। यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।

    यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागि भएका हुन ।

    लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

  • सम्बन्धित विषय:

  • # नेपाल शीर्ष स्थानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology