Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करिव ६ घण्टाको विश्वव्यापी अवरोधपछि चले सामाजिक सञ्जाल

करिव ६ घण्टाको विश्वव्यापी अवरोधपछि चले सामाजिक सञ्जाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:२२:३९ बजे
  • 1.5K
    SHARES
  • करिव ६ घण्टाको विश्वव्यापी अवरोधपछि चले सामाजिक सञ्जाल

    एजेन्सी । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् ।

    images

    अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् ।

    नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन ।

    यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् । केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ ।

    सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए ।

    नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन आफ्ना प्राविधिज्ञले सक्दो छिटो काम गरेको फेसबुकले जनाएको छ ।

    नेटवर्कमा कसरी समस्या आयो भन्ने वारेमा फेसबुकले अनुसन्धान गरिरहेको छ । यसअघि सन् २०१९ मा पनि फेसबुकमा अवरोध भएको थियो । एजेन्सीको सहयोगमा ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology