Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का ३–२ गोलअन्तरले पराजित

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का ३–२ गोलअन्तरले पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७८ मंगलवार • १०:३४:०५ बजे
  • 1.1K
    SHARES
  • साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का ३–२ गोलअन्तरले पराजित

    दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । माल्दिभ्समा जारी च्याम्पियनसिपमा गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो ।

    images

     

    नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

    श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो ।

    श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे।

    खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गरे । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए ।

    यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन्।

    लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ ।

    नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology