Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना

आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७७ आइतवार • १८:२४:५४ बजे
  • 727
    SHARES
  • आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना
    आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो  ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिए।

    आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र  ललितपुरका २ जना छन्। उनीहरूको उपत्यकाका सात वटा प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    आज देशभर भने ३ सय ८०  संक्रमित थपिएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology