Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा युवतीले आफ्नै कोठाको सिलिङ फ्यानमा गरिन झुण्डिएर आत्महत्या

पोखरामा युवतीले आफ्नै कोठाको सिलिङ फ्यानमा गरिन झुण्डिएर आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २५, २०७७ आइतवार • १९:१४:०२ बजे
  • 4.9K
    SHARES
  • पोखरामा युवतीले आफ्नै कोठाको सिलिङ फ्यानमा गरिन झुण्डिएर आत्महत्या
    पोखरामा एक युवतीले आफ्नै कोठाको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेकि छिन । पोखरा महानगरपालिका वडा नं। २ वरपानीस्थित चन्द्रबहादुर क्षेत्रीको घरमा बस्दै आएकी युवतीले आइतबार दिउसो ४ बजे सिलिङ फ्यानको हुकमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    पोखरा महानगरपालिका वडा नं। २ वरपानीस्थित घरमा बस्दै आएकी युवतीले आइतबार दिउसो ४ बजे सिलिङ फ्यानको हुकमा झुण्डिएर आत्महत्या गरेकी हुन् । पाल्पा तानसेन घर भएकी २३ वर्षकी सुस्मिता लिम्वु श्रेष्ठले झुण्डिएर आत्महत्या गरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले गण्डकी भ्वाइसलाई जानकारी दिए ।

    उनका अनुसार युवतीका श्रीमान विदेशमा छन् । उनीहरु दुवैले अघिल्लो वर्ष विदेशमै विवाह गरेको र केही महिना अघि पोखरा आएर सुस्मितालाई पोखरै छाडी श्रीमान विदेश फर्किएको प्रवक्ता हमालले जानकारी दिए ।

    सुस्मिताले आत्महत्या गर्नुको कारण अहिलेसम्म केही खुल्न नसकेको उनले बताए । अहिले घटनाको मुचुल्का उठाउने कार्य भइरहेको र केही समयपछि सुस्मिताको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology