Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यानको सचिवमा प्रशान्तविक्रम मल्ल

क्यानको सचिवमा प्रशान्तविक्रम मल्ल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • १६:०७:३६ बजे
  • 1.1K
    SHARES
  • क्यानको  सचिवमा प्रशान्तविक्रम मल्ल

    नेपाल क्रिकेट संघ (क्यान)मा सचिवको जिम्मेवारी केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई दिइएको छ ।

    images

    राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिएको हो ।

    क्यानका उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले गत हप्ता पदबाट राजीनामा दिएका थिए ।

    क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजनाअनुसार राजीनामा दिएको बताएका थिए ।

    बैठकले क्यानको वार्षिक साधारण सभा १५ डिसेम्बरमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

    नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको सम्झौता रद्द नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता रद्द गर्ने भएको छ ।

    क्यानले उक्त सम्झौता विवादस्पद भएपछि रद्द गर्ने निर्णय गरेको हो । २० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    can-1.jpg

     

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology