Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलको लगातार नवौं जित

ब्राजिलको लगातार नवौं जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • ०९:३०:५८ बजे
  • 1.1K
    SHARES
  • ब्राजिलको लगातार नवौं जित

    एजेन्सी । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ ।

    images

    शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्यो ।

    ब्राजीललाई सहज जित दिलाउनको लागि माकिन्हस, गाव्रियल बर्बोसा र एन्थोनीले समान एक-एक गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो ।

    खेलको ११औं मिनेटमा रामिरेजको गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए ।

    उनले यफर्सन सोटेल्डोको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले राफिन्हाको पासमा गोल गरेका थिए ।

    ८५औं मिनेटमा गाव्रियलले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए ।

    इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एन्थोनीले गोल गर्दै ब्राजिललाई ३-१ गोल अन्तरले पराजित गरे । योसँगै ब्राजिल ९ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

    पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ब्राजिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology